काठमाडौं, वैशाख ८ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकि काम पनि टुंगिएको दावी गरेका छन् ।
अध्यक्ष दाहाले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोली (सोमबार) घोषणा गर्ने गरी पार्टी एकताको बाँकि काम पनि टुंग्याइएको घोषणा गरेका हुन् ।
पार्टीको प्रदेश नम्बर ३ ले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डल पार्टी एकताको बाँकि काम आजै बिहान प्रधानमन्त्री केपी ओलीसँगको छलफलबाट टुंगो लगाइएको र त्यसलाई भोली घोषणा हुने गरी निर्णय लिन अपरान्ह ६ बजे पार्टीको सचिवालय बैठक बोलाइएको पनि जानकारी दिए ।
अध्यक्ष प्रचण्डले पार्टी एकताको काममा केही ढिलाई भएपनि अव ढिलाई हुन्छ कि भन्ने शंका नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
अध्यक्ष प्रचण्डले पार्टी र पार्टी नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम गरे÷नगरेको समिक्षा गरेर अघि बढने पनि बताए ।
उनले जनताको अपेक्षा अनुसार पार्टी र सरकारको काम कार्वाहीलाई अघि बढाउन ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारा अघि सारिएको पनि स्मरण गराए ।