राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा

दियो पोस्ट  

काठमाडैँ,वैशाख ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा सोमबार स्वास्थ्य परीक्षण गराएकी छिन् ।

अस्पतालमा पुगेर उनले पेटको स्वास्थ्य जाँच गराएकी हुन्।अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्गाकाअनुसार उनले पेटको इन्डोस्कोपि गराएकी थिइन्।

राष्ट्रपति भण्डारी ९ दिने भ्रमणका लागि बुधबार बेइजिङ जाँदै छिन।बेल्टएण्ड रोड इनिसिएटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेकी राष्ट्रपति भण्डारीले भ्रमणका बेला स्वास्थ्य समस्या नओस् भनेर सजग देखिएको जाँचमा संलग्न एक चिकित्सकले बताए।