एक बर्षभित्र महाधिवेशन गर्ने नेकपाको निर्णय

दियो पोस्ट  

काठमाडैँ,वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टीले आगामी एक बर्षभित्र पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । छ महिनाभित्र जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंगो सम्पन्न गरेर एक बर्षभित्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।

पार्टी एकता भएको ११महिनापछि नेकपाले ७७ वटा जिल्लाको अध्यक्ष र सचिवको घोषणा गरेको छ । साथै जनवर्गीय संगठनको एकता केही दिनभित्र टुंगो लगाउने तयारी गरेको छ ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा राजधानीमा अयोजित कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकतामा केही ढिलाई भएपनि अब गति लिने बताए । उनले उत्साहको साथ काम गर्न कार्यकर्तालाई निर्देशन दिदै पार्टी एकताबद्ध भएर अगाडि बढेको बताए ।

कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणको प्रक्रियामा ढिलाई भएकोप्रति माफी माग्दै एकताको फलामे ढोका फाडेको बताए । उनले भने,‘जहाँबाट एकता प्रक्रिया सुरु भएको थियो, बीचमा कार्यदल बनाएर पनि काम ग¥यो सफल हुन सकेन, पुनः पुरानै अवस्थामा आएर एकतालाई टुंगो लगाउने काम भएको छ ।’