सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ को ट्रेलर सोमबार सार्वजनिक भएको छ ।
ट्रेलर सार्वजनिक हुनेबित्तिकै सोसल मिडियामा सलमान खानका प्रशंसकले यसको निकै प्रशंसा गरिरहेका छन् । तर सबैभन्दा पहिले यो ट्रेलरमा जुन नायकले ट्वीट गर्दै तारिफ गरेका छन् ती हुन् शाहरुख खान । शाहरुख खानले सलमान खानको भारत ट्रेलरको प्रशंसा गर्दै लेखेका छन्, ‘के हो भाइ, निकै राम्रो छ ।’
साथै अन्य थुप्रै सेलिब्रिटीले भारतको ट्रेलरमा सलमान खानको कामको तारिफ गरेका छन् । यस्तै, आमिर खानले पनि सबैभन्दा उत्कृष्ट जोडी फिर्ता भएको भन्दै भारतको ट्रेलर रिलिज भएको बारे ट्वीटरमा जानकारी दिएका छन् ।
सलमान खानको फिल्म भारतलाई अली अब्बास जफरले निर्देशन गरेका छन् । फिल्म इदको मौकामा जून ५ मा रिलिज हुँदैछ ।