संगीतकार मदन दीपविमको निधन

दियो पोस्ट  

काठमाडँै,वैशाख १० । पुराना संगीतकार मदन दीपविमको निधन भएको छ ।

इलमानमा जन्मिएका दीपविम पछिल्लो समय अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए । उनको हृदयाघातको कारण निधन भएको परिवारले जनाएको छ ।

उनको छोरा ममता दीपविम अमेरिकामा बीनजे भएकोले उनी बस्दथे । ‘सुरिलो रुख सल्लै हो’, ‘तिम्रै यादमा कल्पी कल्पी’, ‘झस्केर दुख्छ’ ‘के भूल भयो प्रीया’ जस्ता चर्चित तथा कलाजयी गीतहरुमा उनले संगीत भरेका छन् । केही समय रेडियो नेपालमा जागिर समेत गरेका थिए ।