गाडी चलाउने बेला फोनमा कुरा गर्नाले तीन वर्षका बच्चामाथि गाडी (भिडियो)

गाडी चलाउने बेला फोनमा कुरा गर्नाले तीन वर्षका बच्चामाथि गाडी (भिडियो)

गाडी चलाउने बेला फोनमा कुरा गर्न नहुने भन्दै पटक–पटक अभियान नै चलाइन्छ । तर धेरैले यो कुरा अनुसरण नगरेको जस्तो देखिन्छ । गाडी चलाउने बेला फोनमा कुरा गर्दा कस्तो क्षती हुन्छ, त्यो भिडियोमा हेरेर बुझ्न सक्नुहुन्छ ।

कारबाट झार्दै गर्दा

यो घटना भारतको दिल्लीस्थित भरत नगरको हो । गाडी चलाइरहेका व्यक्तिले तीन वर्षका बच्चालाई गाडीबाट ओराल्छन् । त्यसपछि बच्चा गाडीबाट निस्किएर आफ्नो घरतिर अघि बढिरहेको देखिन्छन् ।

तर ती बच्चालाई गाडीले किच्छ । गाडीले बच्चालाई केही परसम्म घिसारेको पनि देख्न सकिन्छ । यसबारे गाडी चलाउने व्यक्तिलाई तत्काल थाहा हुँदैन किनभने उनी फोनमा कुरा गरिरहका थिए ।

बच्चालाई गाडीले किचेपछि वरिपरिका मानिसहरु होहल्ला गर्छन् । त्यसपछि गाडी चलाउने व्यक्ति आउँछन् र बच्चालाई लिएर अस्पताल जान्छन् । भिडियोमा बच्चा रगताम्मे भएको देख्न सकिन्छ । गाडी चलाउने व्यक्ति ती बच्चाको बुवाको साथी बताइन्छ । जसको नाम आस मोहम्मद हुन् ।

बच्चाको नाम गुलाम हो । पुलिसका अनुसार बच्चाको बुवाको आग्रहमा नै आस मोहम्मदले उनलाई घरसम्म पुर्याएका थिए । तर फोनमा कुरा गरिरहेका कारण उनीबाट यस्तो दुर्घटना हुन पुग्यो । दुर्घटनापछि बच्चालाई दीपचन्द बन्धु अस्पतालमा भर्ना गरिएको छ जहाँ बच्चालाई मा रिफर गरिएको छ । उनको स्थिती गम्भीर भएको बताइन्छ । भरत नगर पुलिसले सिसिटिभी फुटेको आधारमा कार सवारविरुद्ध मुद्दा दर्ता गरेको छ । एजेन्सी

भिडियो:-

Facebook Comments

Trending News