सनी देओल भाजपामा प्रवेश, भन्छन् ‘म कुरा गर्ने छैन, प्रत्येक समय काम गरेर देखाउनेछु’

सनी देओल भाजपामा प्रवेश, भन्छन् ‘म कुरा गर्ने छैन, प्रत्येक समय काम गरेर देखाउनेछु’

बलिउडका नायक सनी देओलले (भाजपा) भारतीय जनता पार्टी प्रवेश गरेका छन् ।

उनी पंजाबस्थित गुर्दासपुरका भाजपा उम्मेद्वार हुनसक्ने अनुमान गरिएको छ । ‘जसरी मेरा बुवा यो परिवारका अटल बिहारी बाजपेयीसँग जोडिएका थिए, आज म यहाँ नरेन्द्र मोदीसँग जोडिन आएको छु ।

उनले देशका लागि धेरै कुरा गरेका छन् र म चाहन्छु कि अबको पाँच वर्ष पनि उनी नै सत्तामा रहून् किनभने हामी अघि बढ्न चाहन्छौं । हाम्रा देशका युवालाई मोदीजस्ता व्यक्तिको खाँचो छ ।,’ देओलले आफ्नो संक्षिप्त भाषणमा भने ।

उनले भने, ‘यो परिवारसँग जोडिएर जे जे गर्नसक्छु त्यो म सबै गर्नेछु, मनबाटै गर्नेछु । म कुरा गर्ने छैन, प्रत्येक समय काम गरेर देखाउनेछु ।’ एजेन्सी

Facebook Comments

Trending News