काठमाडौँ, चैत २० । विश्वकै शक्तिशाली देश भनिएको संयुक्त राज्य अमेरिका कोरोना भाइरस नियन्त्रणमा कमजोर सावित भएको छ । चीनमा कोरोना भाइरस करिब करिब नियन्त्रणमा आइसक्दा अमेरिकामा भने दिनानुदिन ठुलो संख्यामा संक्रमितको संख्या बढीरहेको छ ।
सबैभन्दा धेरै कोरोना फैलिएको देशको सुचिमा अमेरिका पहिलो नम्बरमा पर्दछ । वर्ल्डमिटरका अनुसार बुधबारसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १५ हजार २ सय १५ जनामा कोरोना संक्रमण भएको छ । अमेरिकामा हालसम्म ५ हजार १ सय १० जनाले कोरोनाको कारण ज्यान गुमाइसेका छन् । संक्रमितमध्य ८ हजार ८ सय ७८ जना निको भएर घर फर्किसकेका छन् ।
बुधबार २ सय १२ जना नयाँ संक्रमित फेला पारिएको छ भने ८ जना मात्रै कोरोना भाइरसको कारणले मृत्यु भएका छन् । मंगलबार एकै दिन १ हजार ४९ जनाले ज्यान गुमाएका थिए । त्यस दिन २६ हजार ४ सय ७३ जना नयाँ संक्रमित भेटिएका थिए ।

कोरोनाभाइरस नियन्त्रण गर्न कठिनाई देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना समेत शूरु भएको छ ।