अमेरिकाको न्यूयोर्कमा बाघलाई पनि कोरोनाभाइरसको संक्रमण

अमेरिकाको न्यूयोर्कमा बाघलाई पनि कोरोनाभाइरसको संक्रमण

काठमाडौँ, चैत २४ । संयुक्त राज्य अमेरिकामा बाघमा पनि कोरोनाभाइरसको संक्रमण पाइएको छ । अमेरिकाको न्युयोर्क शहरस्थित ब्रोक्स चिडियाघरमा चार बर्षको बघिनिमा कोरोना भाइरसको संक्रमण भेटिएको बीबीसीले जनाएको छ । त्यहाँको भेटेनरीले समेत बाघमा कोरोनाभाइरस पुष्टि गरेको छ ।

बीबीसीका अनुसार नाडिया नाम गरेको बघिनिमा कोरोनाभाइरस संक्रमण देखिएको हो । अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण भेटिएको यो पहिलो घटना हो ।

चिडियाघरले कुनै मानिसको माध्यमबाट बाघमा कोरोनाभाइरस सरेको जनाएको छ । चिडियाघरमा भएका मलायन बाघ, दुई अमुर प्रजातीको बाघ तथा तीन अफ्रिकी सिंहमा पनि सुख्खा देखिएको बताइएको छ ।

नदेखिएका संक्रमितको माध्यमबाट यो भाइरस जनावरमा सरेको हुन सक्ने चिडियाघरले बताएको छ ।

यसअघि बेल्जियममा बिरालो तथा हङकङमा कुकुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको दाबी गरिएको थियो । अहिलेसम्म जनावरबाट यो भाइरस मानिसमा सर्न सक्छ भन्ने कुनै आधार फेला परेको छैन ।

Trending News