‘शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था’द्वारा कोरोना रोकथाम कोषलाई १ लाख ११ हजार सहयोग

दियो पोस्ट  

काठमाडौं, चैत २६ । काठमाडौंको नयाँसडकस्थित मुख्य कार्यालय रहेको ‘शुक्रपथ बहुउद्देश्यीय सहकारीले संस्था’ले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गर्ने घोषणा गरेको छ । संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा सरकारले स्थापना गरेको ‘कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा’उक्त रकम सहयोगको घोषणा गरेको संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

“यतीबेला बिश्व नै कोरोना जस्तो महहामारीको चपेटामा छ, हाम्रो देश पनि कोरोनाका कारण लकडाउनको अवस्थानमा छ, यस्तो परिस्थितिलाई मध्यनजर गर्दे हामीले केही मात्रामा आर्थिक सहयोगकको घोषणा गरेका हौँ”, संस्थाका अध्यक्ष निरहरी प्रसाद उपाध्यायले भने ।

देश पूर्ण लकडाउनको अवस्थामा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा बस्ने लगायत विपन्न वर्गलाई राहत पुगोस् भन्ने उद्देश्यले कोषमा उक्त रकम सहयोग गर्ने निणर्य गरिएको संस्थाका सचिव नरेन्द्र बिष्टले बताए ।

संस्थाले लकडाउनको अवस्थामा शेयर सदस्य र कर्मचारी वर्गलाई आ–आफ्नो स्थान सुरक्षित रुपमा रहन अनुरोध गरेको छ । संस्थाले सदस्यहरुलाई यस विपत्को अवस्थामा खाद्यान्न तथा स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने सीमित रकम झिक्नका लागि सबै मुख्य कार्यालय लगायत सबै सेवा केन्द्रमा तोकिएका सम्पर्क व्यक्ति संग सम्पर्क गर्न सकिने र रकम निकाल्न सकिने संस्थाका संचालक एंव सूचना अधिकारी अर्जुन बिश्वकर्माले बताएका छन ।

भोलि (चैत्र २६ गते वुधबार)देखि कार्यालय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खोली आंशिक संचालन गरिने संचालक विश्वकर्माले जानकारी दिए ।