सुत्केरी हुन आएकी चेपाङ्ग महिलालाई धादिङ्ग अस्पतालको प्रोत्साहनः निशुल्क औषधी र एम्बुलेन्स सेवा !

दियो पोस्ट  

काठमाडौँ, चैत २६ । जिल्ला अस्पताल धादिङ्गले सुत्केरी हुन आएकी एक महिलालाई निशुल्क सेवा प्रदान गरेको छ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कि २० बर्षीया युवती सृजना चेपाङ्गलाई अस्पतालले निशुल्क सेवा दिएको हो ।

अस्पतालका सुचना अधिकारी बिक्रम बिकका अनुसार अति सिमान्तकृत चेपाङ्ग समुदायबाट अस्पताल आएर सुत्केरी गराएको कारण प्रोत्साहन स्वरुप सम्पुर्ण सेवा निशुल्क रुपमा प्रदान गरिएका हो । गत चैत २२ गते प्रसव पीडाका कारण अस्पताल भर्ना भएकी सृजना चेपाङ्गलाई आज डिस्चार्ज गरिएको थियो ।

अस्पतालले उनलाई निशुल्क सेवा लगायत आवश्यक औषधी समेत निशुल्क रुपमा प्रदान गरेको छ । त्यतिमात्र होइन डिस्चार्ज पछि उनलाई घरसम्म जानको लागि पनि अस्पतालले निशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गरेको छ । जिल्लाका सिमान्तकृत चेपाङ्ग समुदायबाट अस्पताल सम्म आएर सुत्केरी सेवा लिने उनि पहिलो महिला भएको अस्पतालका सुचना अधिकारी विक्रम बिकले दियोपोस्टलाई जानकारी दिए ।

शीर्षकमा त्रुटी भएको कारण सच्याइएको छः सम्पादक