कोरोना अपडेटः एकैदिन वेलायतमा ९३८, स्पेनमा ७४७ र इटालीमा ५४२ जनाको मृत्यृु (तथ्यांकसहित)

दियो पोस्ट  

काठमाडौँ, चैत २७ । वेलायतमा कोरोना भाइरसको कारण एकैदिनमा ९ सय ३८ जनाले ज्यान गुमाएका छन् । वर्ल्डमिटरका अनुसार वेलायमा ५ हजार ४ सय ९१ नयाँ कोरोना संक्रमित भेटिएका छन् । यसका साथै वेलायतमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ७ हजार ९७ पुगेको छ । हालसम्म वेलायतमा कोरोना संक्रमितको संख्या ६० हजार ७ सय ३३ जना पुगेको छ । जसमध्य १ सय ३५ जना उपचारपश्चात घर फर्किएका छन् ।

संसारकै सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा संक्रमितको संख्या ४ लाख ३५ हजार १ सय २८ पुगेको छ । अमेरिकामा एकैदिन १ हजार ९ सय ४० जनाले ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ३१ हजार ९ सय ३५ नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा हालसम्म १४ हजार ७ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् भने २२ हजार ८ सय ९१ जना उपचार पश्चात सामान्य अवस्थामा घर फर्किएका छन् ।

कोरोनाको दोस्रो इपिसेन्टर भनिएको इटालीमा दैनिक रुपमा मृत्युदर र संक्रमितको संख्या घटेको छ । वर्ल्डमिटरको तथ्यांक अनुसार बितेको २४ घण्टामा इटालीमा ५ सय ४२ जनाको मृत्यु भएको छ भने ३ हजार ८४६ नयाँ संक्रमित भेटिएका छन् । इटालीमा हालसम्म १७ हजार ६ सय ६९ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार ४४२ पुगेको छ भने २६ हजार ४९१ जनाको उपचार भइ सामान्य अवस्थामा घर फर्किएका छन् ।

कोरोना भाइरसको महामारी फैलिएको अर्को युरोपियन मुलुक स्पेनमा एकैदिन ७४७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांक अनुसार स्पेनमा ६ हजार २ सय ७८ नयाँ कोरोना भाइरसको संक्रमित फेला परेका छन् । स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार २२० पुगेको छ भने मृत्यु हुनेको संख्या १४ हजार ७९२ पुगेको छ । हालसम्म ४८ हजार २१ जना कोरोना संक्रमित उपचार पश्चात सामान्य अवस्थामा घर फर्किएका छन् ।

बितेको २४ घण्टामा कोरोनाभाइरसको कारण फ्रान्समा ५ सय ३१ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा एकैदिन ३ हजार ८ सय ८१ नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो तथ्यांकअनुसार फ्रान्समा कोरोना संक्रमितको जम्मा संख्या १ लाख १२ हजार ९ सय ५० पुगेको छ भने १० हजार ८ सय ६९ जनाको मृत्यु भइसकेको छ । हालसम्म २१ हजार २ सय ५४ जनालाई उपचार पश्चात सामान्य अवस्थामा घर पठाइएको छ ।

सिफारिस