
काठमाडौँ, चैत २७ । प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुको तस्वीर बिगारेर समाजिक संजालमा अफवाह फैलाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ्ग ऐसेलुखर्क–१ घर भएका ३६ बर्षीय तारा नाछिरिङ्ग र काभ्रेको पनौती घर भई चुनिखेल बस्ने ४६ बर्षीय रामकुमार राघु रहेका छन् ।
पक्राउ परेकाहरुले पुर्वप्रधानमन्त्री लगायत रक्षामन्त्री हरुको तस्वीर प्रयोग गरि सामाजिक संजालमा अमर्यादित पोस्टहरु अपलोड गरेका थिए । बिहीबार पक्राउ परेका रामकुमारले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर विगारेर सामाजिस संजालहमा अमर्यादित र अराजक कुराहरु लेखेको आरोप छ ।
पक्राउ परेका दुबै जनामाथि साइबर अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।