काठमाडौँ, वैशाख १ । टर्कीका गृहमन्त्री सुलेमानी सोयलुले पदबाट राजिनामा गरेको घोषणा गरेका छन् । उनले ट्वीटरमार्फत आफु लकडाउन लागु गर्न असफल भएको कारण पदबाट राजिनामा गरेको घोषणा गरेका हुन् ।
टर्कीमा लकडाउन घोषणा गर्ने ठुलो संख्यामा मानिसहरु घरबाहिर निस्किएका थिए । उनिहरु लकडाउनको उल्लंघन गर्दै दैनिक उपभोग्य सामाग्रीहरु खरिद गर्नका लागि ह्वारह्वारती बाहिर निस्केका थिए । गृहमन्त्री सोयलुले दैनिक उपभोग्य सामाग्रीहरुको अभाव नहुने बताएपछि जनताहरु खाद्यान्न र अन्य सामाग्रीहरु खरिद गर्नका लागि बाहिर निस्केका थिए ।
गत शुक्रबारदेखि ४८ घण्टाका लागि जारी भएको लकडाउनको चरम उल्लंघन भएपछि गृहमन्त्रीले इस्तानबुल शहरमा कर्फ्यू आदेश जारि गरेका थिए । कर्फ्यु जारि भएपछि त्यहाँका नागरिकहरुले सरकारको आलोचना गरेका थिए । सो शहरका मेयरले कर्फ्यु आदेश जारीको सम्बन्धमा गृहमन्त्रीले आफुलाई कुनै जानकारी नदिएको बताएका थिए ।
गृहमन्त्री सामुयलले आफुले कोरोना भाइरस नियन्त्रणका लागि नै यी सबै गरेको बताउँदै आफु असफल भएको कारण पदमा रहिरहन नैतिकताले नदिने भएकोले राजिनामा गरेको उल्लेख गरेका छन् । यद्यपी उनको राजिनामा भने स्वीकृत भएका छैनन् । उनि राष्ट्रपतिको निकै नजिकको व्यक्ति मानिन्छ । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले गृहमन्त्री पदमै रहिरहने बताएको त्यहाँको संचारमाध्यमहरुले जनाएका छन् ।
टर्कीको सम्पुर्ण ३१ शहरहरुमा लकडाउन घोषण गरिएको छ । हालसम्म टर्कीमा ५६ हजार ९ सय ५६ जनालाई कोरोना संक्रमण भइसकेको छ ।