
काठमाडौँ, वैशाख १ । कोरोना भाइरसको कारण संयुक्त राज्य अमेरकामा २४ घण्टाको अवधीमा १ हजार ५ सय २८ जनाले ज्यान गुमाएका छन् । यससंगै अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २२ हजार १ सय १५ पुगेको छ ।
बितेको २४ घण्टामा संयुक्त राज्य अमेरिकामा २७ हजार ४ सय २१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । वर्ल्डमिटरका अनुसार कोरोना भाइरस संक्रमणमा अमेरिकाले विश्वकै रेकर्ड तोडेको छ । हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ५ लाख ६० हजार ४ सय ३३ पुगेको छ ।
अमेरिकाको न्युयोर्क शहरमा कोरोना भाइरसको अधिक प्रभाव देखिएको छ । उक्त शहरमा मात्रै वितेको २४ घण्टामा ७ सय ५८ जनाले ज्यान गुमाएका छन् । न्युयोर्क शहरमा हालसम्म ९ हजार ३ सय ८५ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।