‘शुक्रपथ सहकारी’द्वारा बृद्धा- आश्रम र बाल-अनाथालयलाई खाद्यान्न बितरण

दियोपोस्ट संवाददाता

काठमाडौं, ४ बैशाख । केरोना भाइरस (कोभिड १९) का कारण जारी लकडाउनमा अनाथालय तथा बृद्धा आश्रममा खाद्यान्न अभाव भएपछि शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले खाद्यान्न र ग्याँस बितरण गरेको छ । संस्थाले आज बुढानिलकण्ठ नगरपालिका–१ तौलुंगमा रहेको मानव सेवा आश्रम र ललितपुरको भैँसेपाटीमा रहेको बाल अनाथालयलाई खाद्यान्न बितरण गरेको हो ।

बुढानिलकण्ठस्थित मानव सेवा आश्रम लाई १२ बोरा चामल, १ बोरा दाल, १ बोरा चना, १ बोरा राजमा लगायतको खाद्यान्न बिहीबार प्रदान गरेको संस्थाका सचिव नरेन्द्र बिष्टले जानकारी दिए । त्यस्तै, भैसेपाटीस्थित बाल अनाथालयमा १० बोरा चामल, १ बोरा दाल, १ कार्टन तेल, १ बोरो सोयाबिन, चिउरा, चाउचाल लगायत खाद्यान्न सहयोग गरेको सचिव बिष्टले बताए । तैलुंग स्थित मानव सेवा आश्रमकी ब्यवस्थापक नबिना सिटौलााइ राहत हस्तान्तरण गरिएको थियो ।

लकडाउनका कारण अनाथालय र वृद्धाश्रममा खाद्यान्न अभाव भएको थाहा भएपछि आफुहरुले खाद्यान्न सहयोग गरेको संस्थाका अध्यक्ष निरहरीप्रसाद उपाध्यायले बताए । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यस्ता सहयोगलाई निरन्तरता दिदै आएको उनले बताए ।

मानव सेवा आश्रममा सोही वडाका वडा अध्यक्ष सुरेन्द्र तामांग, महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक भुपेन्द्र गीरि र शुक्रपथ सशकारी संस्थाका अध्यक्ष निरहरी प्रसाद उपाध्याय, कोषाध्यक्ष जीवन राज ओझा,साथै संचालक तथा सुचना अधिकारी अर्जुन बिश्वकर्माको उपस्थिती रहेको थियो । संस्थाले आश्रमका व्यवस्थापक नविन सिटौलालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको थियो ।

त्यस्तै भैसेपाटीमा रहेको बाल अनाथलयमा संस्थाका सचिव नरेन्द्र बिष्ट, सञ्चालक दीपेन्द्रकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्ले लगायतको उपस्थिती रहेको थियो । बाल अनाथलयका सञ्चालक बिशाल टमटालाई खाद्यान्न हस्तान्तरण गरिएको हो ।

सम्बन्धित खबर

सिफारिस