कोरोना कहरः भारतमा मृतकको संख्या ४४८ पुग्यो, १३४३० जना संक्रमित !

कोरोना कहरः भारतमा मृतकको संख्या ४४८ पुग्यो, १३४३० जना संक्रमित !

काठमाडौँ, वैशाख ५ । छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको कारण एकैदिन २६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४ सय ४८ पुगेको छ ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको संख्या १३ हजार ४ सय ३० पुगेको छ । बितेको २४ घण्टामा मात्रै थप १ हजार ६० जना नयाँ संक्रमित भेटिएका छन् ।

भारतले कोरोना भाइरस नियन्त्तण र रोकथामका लागि आगामी वैशाख १८ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

Trending News