चोरबाटो हुँदै नेपाल फर्केका ६ जनालाई पक्राउ गरि क्वारेन्टाइन पठाइयो

दियोपोस्ट संवाददाता

सिराहा, वैशाख ५ । भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका छ जनालाई सिरहा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ ।

सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका छ जनालाई प्रहरीले पक्राउ गरी क्वाइरेन्टाइन पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

भारतको विभिन्न शहरमा राजमिस्त्रीको काम गरी फर्किरहेका छ जनालाई प्रहरीले भारतीय सीमामा पुगेर नियन्त्रणमा लिई भारतको विहारस्थित मधुवनी जिल्लाको लदनियाँ थानालाई क्वारेन्टाइनमा राख्न जिम्मा लगाए पनि उनीहरु नेपाल आइपुगेका हुन् । रासस

सम्बन्धित खबर

सिफारिस