कोरोना अपडेटः भारतमा एकैदिन ३८ जनाको मृत्यु, ९२२ नयाँ संक्रमित थपिए !

कोरोना अपडेटः भारतमा एकैदिन ३८ जनाको मृत्यु, ९२२ नयाँ संक्रमित थपिए !

काठमाडौँ, वैशाख ६ । कोरोनाभाइरसको कारण भारतमा एकै दिन ३८ जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउनको संख्या ४ सय ८६ पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २४ हजार ३ सय ५२ पुगेको छ । बितेको २४ घण्टामा भारतभर ९ सय २२ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्य २ हजार ४१ जना उपचार पछि सामान्य अवस्थामा घर फर्किएका छन् । भारतले कोरोना नियन्त्रण र रोकथामका लागि वैशाख १८ (३ मे) सम्म लकडाउन घोषणा गरेका छन् ।

Trending News