
काठमाडौँ, वैशाख ६ । अमेरिकामा कोरोनाभाइरसको कारण एकैदिन २ हजार ५ सय ३५ जनाले ज्यान गुमाएका छन् । यससँगै अमेरिकाकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३७ हजार १ सय ५८ पुगेको छ ।
पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना भाइरस संत्रमितको संख्या ७ लाख १० हजार पुगेको छ । बितेको २४ घण्टामा ३२ हजार १ सय ६५ जनामा कोरोना भाइरस देखिएको छ ।
न्यूयोर्क शहर अमेरिकाको सबैभन्दा बढी कोरोना प्रभावित शहर हो । पछिल्लो २४ घण्टामा न्युयोर्कमा १ हजार २५ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा हालसम्म १७ हजार १ सय ३१ जनाको मृत्यु भइसकेको छ भने कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ९ सय ५१ पुगेको छ ।
अमेरिकामा कुल संक्रमितमध्य ६० हजार ५ सय १० जना उपचारपश्चात सामान्य अवस्थामा घर फर्किएका छन् ।