१० डिआइजीको पदस्थापना : सिआइबीमा सहकुल थापा, प्रदेश २ मा धिरज प्रताप सिंह !

१० डिआइजीको पदस्थापना : सिआइबीमा सहकुल थापा, प्रदेश २ मा धिरज प्रताप सिंह !

काठमाडौं, ८ वैशाख । आज मात्रै डिआइजीको फूली लगाएका र केही पुराना डिआइजीलाई प्रहरी प्रधान कार्यालयले पदस्थापना गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, २ मा धिरजप्रताप सिंह, बागमतीमा बसन्त लामा र गण्डकी प्रदेश घनश्याम अर्यालको पदस्थापना भएको छ ।

त्यस्तै, प्रदेश ५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी रहेका छन् ।

यसअघि महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखाको प्रमुख रहेका सहकुल थापालाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीमा पदस्थापना गरिएको छ ।

प्रदेश २ को डिआइजी प्रध्युम्न कार्कीलाई विशेष ब्युरोमा प्रद्युम्न कार्कीलाई सरूवा गरिएको छ । यसअघि सिआइबीमा रहेर पनि उल्लेख्य काम नगरेका डिआइजी निरज शाहीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै तालिम केन्द्रमा प्रकाश जंग कार्की र अख्तियारमा अरुण बिसीलाई पठाइएको छ ।

Trending News