
काठमाडौं, १८ वैशाख । भारतीय भेट्रान कलाकार ऋषी कपुरको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी मंगलबार भारतको महाराष्ट्र मुम्बई स्थित रिलायन्स फाउन्डेशन अस्पतालमा उपचार गर्न पुगेका थिए । बुधबारसम्म उनको अवस्था राम्रो थियो तर, विहिबार ६७ वर्षको उमेरमा उनको निधन भएको हो ।
उनको श्वास प्रश्वासमा समस्या आएको बताइएको छ । उनी क्यान्सरका रोगी थिए । उनी भारतीय दिग्गज अभिनेता राजकुपरका दोस्रो पुत्र थिए । उनले आफ्नो चलचीत्र करियर १९७३ बाट बाबी फिल्ममा गरेका थिए ।
बुधबार बलियुडकै अर्का हस्ती कलाकार ईरफान खानको निधन भएको थियो ।