भारतमा एकैदिन १ लाख ३१ हजार संक्रमित थपिए, खोप लगाएकामा पनि देखियो कोभिड

भारतमा एकैदिन १ लाख ३१ हजार संक्रमित थपिए, खोप लगाएकामा पनि देखियो कोभिड

काठमाडौं, २७ चैत्र । भारतमा दोस्रो लहरको कोरोनाभाइरस कोभिड को कारण थप भयावहको स्थिति सिर्जना भएको छ ।

२४ घण्टाको अवधीमा भारतमा १ लाख ३० हजार ८९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएदेखि अहिलेसम्मकै धेरै हो ।

कोरोना महामारी लगत्तै भारतले विकास गरेको भ्याक्सिन करिब ८ करोड जनसंख्याले लगाइसकेका छन् । भ्याक्सिन लगाइसकेका व्यक्तिहरुमा पनि कोरोना भाइरस संक्रमण देखिन थालेपछि स्थिति थप जटिल बनेको हो ।

भारतको राजधानी नयाँदिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । यी डाक्टरहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका थिए ।

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३० लाख ५७ हजार ९५४ पुगेको छ । हालसम्म १ लाख ४७ हजार ६९४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ८०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार यो समाचार तयार पारिँदासम्म भारतमा थप २ हजार ५८८ जना कोरोना संक्रमित थपिएका छन् । भारतभर ९ लाख ७९ हजार ५५६ सक्रिय संक्रमित छन् ।

Trending News