काठमाडौं, २ बैशाख । कोरोना संक्रमितको संख्या बढेपछि दिल्ली सरकारले ‘विकेन्ड कर्फ्यू’ लगाउने घोषणा गरेको छ । विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ ।
५ हप्तामा दिल्लीमा कोरोना संक्रमितको संख्या २५ गुणाले बढेपछि केजरीवालले यो निर्णय लिएका हुन् । ११ मार्चदेखि १७ मार्चसम्म यहाँ २९९५ संक्रमित फेला परेका थिए । ८ अप्रिलदेखि १४ अप्रिलमा यो संख्या बढेर ७६ हजार ८७० पुगेको थियो ।
अप्रिल महिना विषेश गरि विवाहको सिजन भएकाले विवाह समारोहमा सहभागी हुनका लागि ई–पासको व्यवस्था गरिने भएको छ ।
कर्फूको समयमा मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ । सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ ।।
ट्रेन्डिङ खबर उपलब्ध छैन।