भारतको असममा ६.४ रेक्टर स्केलको भूकम्प

दियो पोस्ट  

काठमाडौं, १५ बैशाख । असममा बुधबार बिहान ६.४ रेक्टर स्केलको भूकम्प आएको छ ।

नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार सो भूकम्प स्थानीय समयानुसार बिहान ७;५१ आएको हो ।

सोनितपुर जिल्ला केन्द्रबिन्दु पारेर आएको भूकम्पले भारतको उत्तर पूर्वका साथै उत्तर बंगालका थुप्रै इलाकामा तीब्र झट्का दिएको थियो ।

भारतमा आएको भूकम्प नेपालको पूर्वी भागमा समेत महसुस गरिएको त्यहाँका स्थानीयले बताएका छन् ।

भूकम्पले थुप्रै स्थानमा पर्खाल भत्किएको छ भने केहि स्थानका ठूलो चिरा परेका छन् ।

हालसम्म मानवीय क्षतीको खबर प्राप्त छैन ।

असमका मुख्यमन्त्री सर्बानन्द सोनोवलले सबैलाई सतर्क रहन अपिल गरिरहेका छन् ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।