ब्राजिलमा कोरोनाबाट तीन लाख ९५ हजारको मृत्यु

दियो पोस्ट  

काठमाडौं, १५ बैशाख । ब्राजिलमा गएको २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएको छ ।

हाल कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ९५ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मङ्गलबार मात्र तीन हजार ८६ जनाको एकै दिनमा ज्यान गएको हो ।

त्यसैगरी सोही अवधीमा थप ७२ हजार भन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।

कोभिड १९ सुरु भए देखि हालसम्म एक करोड ४४ लाख ४१ हजार जनाभन्दा बढीमा सङक्रमित भएको बताइएको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।