काठमाडौं, १५ बैशाख । बाँच्नु पर्ने उमेर बाँचिसके भन्दै ८५ वर्षे वृद्धले आफु भर्ना भएको बेड ४० वर्षे युवालाइ दिएका छन् ।
भारतमा कोभिड १९ सङ्क्रमणको दोस्रो लहर निकै भयावह बन्दै गइरहेको छ ।
कोरोना सङ्क्रमितको संख्या दैनिक बढ्दै जाँदा अस्पतालको बेड देखि अक्सिजन सम्मको अभाव बढेको छ ।
नागपुरका एक वृद्धले भने अर्काका लागि अस्पतालको बेड खाली गरिदिएर दुर्लभ उदाहरण पेश गरेका छन् ।
अस्पतालमा भर्ना भएका ८५ वर्षीय नारायण भाउराव दाभाडकरले एक युवकका लागि बेड खाली गरिदिएका हुन् ।
‘मैले बाच्नु पर्ने उमेर बाचिँसके तर यो युवा अझै बाच्नु पर्छ ,उसले आपm्नो पीरवार हेर्नु छ’ भन्दै उनले ती युवाको लागि बेड छाडिदिएका हुन् ।
कोरोना सङ्क्रमणसँग जुधिरहेको अवस्थामा अस्पतालमा भइरहेको उपचार छाडेर घर गएका ८५ वर्षीय नारायणको तीन दिनमै मृत्यु भएको छ ।
उनले संचार माध्यम मार्फत लेखेका छन् ,“म ८५ वर्षको भइसकेको छु ,यदि यी महिला कि श्रीमान्को मृत्यु भए बच्चाहरु अनाथ हुनेछन् । त्यसैले मेरो कर्तब्य उसको प्राण बचाउनु हो । भन्दै कोरोना पीडित राष्ट्रिय स्वयंसेवक सङ्घका स्वयंसेवक श्री नारायण भाउराव दाभाडकरले आफ्नो बेड ती बिरामीलाई छाडिदिएका हुन् ।
आफुले स्वेच्छाले बेड खाली गर्न लागेको भन्दै लिखित स्वीकृतिपत्र अस्पताल प्रशासनलाई दिएर घर गएका थिए । उनी स्वयं केही दिनअघि देखि सङ्क्रमित भएका थिए ।
सङ्क्रमित भएको थाहाँ पाएको लामो सङ्घर्षपछि उनले बेड पाएका थिए । तर एक महिलाले ४० वर्षीय पतिलाई उपचारका लागि बेड नपाएर रोइरहेको देखेपछि नारायणले आफ्नो बेड खाली गरिदिएको हुन् ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।