ज्वालामुखिमा कांग्रेस कार्यकर्ताको गुण्डागर्दी : वडाध्यक्षको दाबेदारले कुटे सर्वसाधरण !

diyopost.com
दियो पोस्ट  शनिबार, चैत्र १९, २०७८ | २३:५५:३७

 

धादिङ । धादिङ ज्वालामुखि गाउँपालिकामा कांग्रेस निकट एक नेताले सर्वसाधारणमाथि कुटपीट गरेका छन् । नेपाली कांग्रेसको ज्वालामुखि गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष दाबेदार समेत रहेका किशोर सेढाईले स्थानिय युवामाथि भाटा प्रहार गरेको भिडियो प्राप्त भएको छ ।

गत चैत्र १६ गते बुधबारका दिन सेढाईले ती युवामाथि भाटा प्रहार गरेको स्थानियबासीले बताए । तर, घटनापछि अभियुक्तलाई प्रहरीले पक्राउ गर्नुको सट्टा गाउँपालिकाले मिलापत्र गराएको आरोप छ ।

सेढाई कांग्रेस निकट तरुण दलका जिल्ला कार्यसमिति सदस्य समेत हुन् ।

सम्बन्धित खबर