ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्षमा सोम तामाङको दाबी

diyopost.com
दियो पोस्ट  शनिबार, चैत्र २६, २०७८ | १७:१४:५०

ओखलढुंगा । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्षमा सोम तामाङले अध्यक्षको उम्मेदवार दाबी गरेका छन् । ओखलढुंगामा गुमेको नेपाली कांग्रेसको छवी सुधार गर्न भन्दै उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेस युवा नेता तथा व्यापारी समेत रहेका तामाङ स्थापित नेता हुन् ।

उनलाई कार्यकर्ताले वैचारिक रुपमा समेत स्पष्ट नेताको रुपमा चिन्दै आएका छन् । स्थायी घर सुनकोसी २ रहेका उनी जिल्लाभर सक्रिय छन् । ‘मेरो अध्यक्षमा दाबी रहन्छ नै तर, पार्टीले यदि अर्कै व्यक्तिलाई टिकट दियो भनेपनि म पार्टीलाई जिताउन लाग्नेछु,’ उनले भने,‘मेरो उदेश्य पार्टी जिताउन हो । पार्टी पराजयको कल्पना म गर्न समेत सक्दिन । स्थानिय तह, प्रदेश र सघंको निर्वाचन जिताउनु हाम्रो कर्तब्य हो । म पार्टीको सिपाही हो सिपाहीले पाटीैको रक्षा कसरी गर्नुपर्छ भन्ने प्रष्ट भिजन मसँग छ ।’

अबको राजनीतिमा सोच र शैली बदले मात्रै परिवर्तन सम्भव हुने उनको भनाई छ ।

आफू निर्वाचित भए प्राविधिक शिक्षा र व्यावसायीक तालिम मार्फत स्थानियलाई उद्यमशिलता बनाउने उनको दाबी छ । ‘घरदैलो कार्यक्रम गर्नेछु । नागरिकको गुनासोलाई प्रमुखताको साथमा कार्यक्रममा राख्नेछु,’ उनको प्रतिवद्धता छ,‘ पालिकामा बसोबास गर्ने जातिय, धार्मिक एवं सांस्कृतिक विविधतालाई समेटेर सुलभ शिक्षा, स्वास्थ्य र मनोरन्जनका विभिन्न समावेशी कार्यक्रम संचालन गर्ने मेरो योजना छ ।’
उनले पुरानो शैलीलाई परिवर्तन गर्न प्रक्रिया बदल्ने उद्धेश्यका साथ काम गरेर देखाउन सक्ने क्षमता आफुमा भएकाले उम्मेदवारी दिन लागेको स्पष्ट पारे । अहिलेसम्म हजारौ युवाहरुलाई तालिम दिएर रोजगारीको लागि विदेश पठाउने तामाङ साधना इन्टरनेश्नल मेनपावरका संन्चालक हुन् भने दजनौ व्यावसायमा उनी समलग्न छन् ।

स्थानीय तहमा युवाको प्रत्यक्ष संलग्नता गराएर विकास र समृद्धिका लागि काम गर्ने लक्ष्यका रहेको बताउँदै उनले सडक–निर्माण तथा स्तरोन्नति, खानेपानी संरक्षण र प्रवर्दन, प्राथमिकतामा राखेर बालबालिका तथा अपांग र जेष्ठ नागरिक कार्यक्रमका साथै शिक्षा, स्वास्थ्य र रोजगारी तथा उद्यमशीलता काम गर्ने दाबी गरे ।

 

 

सम्बन्धित खबर