काठमाडौं। डोल्पा जिल्लाको शे फोक्सुण्डो गाउँपालिकामा एक जना व्यक्ति दुई वटा पार्टीबाट अध्यक्षको उम्मेदवार बनेका छन् ।
पालिकाका धावा सन्डुक गुरुङ एकैपटक नेकपा (एमाले) र नेकपा एकीकृत समाजवादीको उम्मेदवार बनेका हुन् ।
उनलाई समाजवादी र एमालेले एकैपटक टिकट दिएको पाइएको छ ।
आज उनै गुरुङ निर्विरोध विजय भएको भनी प्रचारसमेत शुरू भएको थियो ।
आफु एमालेको उम्मेदवार रहेको र एकिकृत समाजवादीले आफ्नो नाम किन राख्यो भन्ने बारे थाहाँ नभएको गुरुङले बताए ।
‘म विगत २० वर्षदेखि एमाले मा छु, एकिकृत समाजवादीले मेरो नाम किन राख्यो थाहाँ छैन ।’ गुरुङले दियोपोस्टसँगको संवादमा भने ।
