प्रधानमन्त्री दिल्लीमा, विदेश राज्यमन्त्री लेखीले गरिन् स्वागत

दियो पोस्ट  

काठमाडौं । चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ ।

गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो १स्२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत गएका हुन् ।