प्रस्तावित प्रधानन्यायधीश डा. मनोज कुमार शर्माविरुद्ध उजुरी दिन आह्वान

दियोपोस्ट संवाददाता  

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायधीश डा. मनोज कुमार शर्मा विषयमा उजुरी गर्न संसदीय सुनुवाई समितिले आह्वान गरेको छ । आज प्रकाशित गोरखा पत्र मार्फत उनका विरुद्ध उजुरी गर्न आह्वान गरिएको हो । शर्मालाई प्रधानन्यायधीश पदमा नियुक्ती गर्न उपुक्त छ वा छैन भन्ने विषयमा मर्यादित र शिष्ट भाषामा समिति समक्ष प्रमाणसहित उजुरी दिन समितिले आह्वान गरेको छ ।

उजुरकर्ताले १० दिन भित्र समितिमा उजुरी दिन सक्नेछन् । उजुरीकर्ताले सोझै समितिको सचिवालय, वा कुनै जिल्ला प्रशासन कार्यालयमा सुचना वा उजुरी दिन सक्नेछन् । सुचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्नेछ । उजुरीकर्ताले चाहेमा गोप्य राखेर उजुरीलाई अगाडी बढाउने व्यवस्था समेत छ ।

गत वैशाख २४ गते संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज कुमार शर्मालाई प्रधान्यायधीश नियुक्त गर्न सिफारिस गरेको थियो । सर्वोच्च अदालतमा बरिष्ठतम प्रधानन्यायधीशलाई नियुक्ती गर्ने परम्परा र विरासतलाई तोड्दै सरकारले चौथो नम्बरमा रहेका शर्मालाई नियुक्त गर्न परिषदले सिफारिस गरेको थियो । सरकारले यसलाई पुराना दलले बनाएको बरिष्ठताको प्रणाली भत्काएको बताउँदै आएको छ ।