काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा गैरकानुनी व्यक्तिले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रजगज गरिरहको खुलेको छ । उमेरहदका कारण अवकास पाएपनि मोहन प्रकाश चन्दको नाम सिइओको रुपमा वेभसाइटमा उल्लेख छ । गत वैशाख ४ गते उनी उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृतबाट अवकास पाएका थिए । तर, अवकास पाएपनि उनी अदालतको अल्पकालिन आदेश भन्दै पदमा टाासिइरहेका छन् ।
उनले अवकास भएपछि कम्पनीले भोलिपल्टै अर्थात् वैशाख ५ गते रिक्त रहेको उक्त पदका लागि आवेदन दिन सूचना प्रकाशित गरेको थियो । तर, सरकारले नयाँ सीईओको दरखास्त आह्वान गरेलगत्तै अवकास पाएका उनी अदालतको ढोकामा पुगेका थिए ।
अहिले उनी अदालतको ‘स्टे अर्डर’ लिएर पद बहाल गरिरहेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नियमावली को नियमअनुसार उक्त पदमा ६५ वर्ष पुगेपछि स्वतः अवकास हुने उल्लेख गरिएको छ । तर ६५ वर्ष पुगेका चन्दले कानुनको वेवास्ता गर्दै आएका छन् । गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि अधिकृतमा नियुक्त गरेको थियो । कैलालीका चन्द तत्कालीन खाद्य संस्थानका नवौँ तहबाट अवकाशप्राप्त कर्मचारी हुन् । उक्त पदका लागि ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनु पर्ने नियमावलीमा उल्लेख गरिएको छ ।
के छ संशोधित नियमावलीमा ?
कम्पनिले त्यहाँको पदाधिकारीको अवधि कस्तो अवस्थामा सकिने भनेर नियमावली पास गरेको छ । यो नियमावली पास गर्ने पनि हालका प्रमुख कार्यकारी अधिकृत चन्दसहितको बोर्ड हो । तर, आफ्नै बोर्डले बनाएको कानुन सीईओ चन्दले भने मानेका छैनन् ।
नियम ३६ को उपनिय २ पछि २ (क) मा केही बुँदा थपेर नियमावली संशोधन गरिएको हो । संशोधित नियमावली अनुसार
प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति हुँदा बखतका लागि उमेदवारको उमेर ३५ वर्ष पूरा भएको हुनु पर्नेछ ।
‘यस उपनियममा जेसुकै लेखिएपछि प्रमुख कार्यकारी अधिकृतको उमेर ६५ वर्ष पुगेपछि निज सो पदबाट स्वतः अवकाश हुनेछ’ भनि लेखिएको छ ।