काठमाडौं महानगरपालिकाले टुँडिखेलमा आयोजना गर्याे सिप मुलक तालिम (तस्बिरहरु)

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा आयोजना गरेको ‘सिप मेला’ मा युवाको आकर्षण बढेको छ ।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यका साथ महानगरले आयोजना गरेको एक महीने सो मेलामा मोबाइल, कम्प्युटर, प्लम्बिङ, हेयर कटिङ्ग, डिजिटल मार्केटिङ, ब्युटी ट्रेनिङ, टेलरिङ जस्ता विभिन्न क्षेत्रमा तालिम दिएको छ ।

सिप मेलाको उद्घाटन हिजाे बुधबार महानगरकी उपप्रमुख सुनिता डंगोलले सिलाई मेसिनमा लुगा सिलाएर गरेकी थिइन् ।

सम्बन्धित खबर

सिफारिस