राष्ट्रिय जनगणना २०७८ को जनसाङ्ख्यिक सूचकहरु सार्वजनिक कार्यक्रम (तस्बिरहरु)

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपालको बाह्रौँ राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त भएका अन्य तथ्याङ्क तथा प्रतिवेदनहरू प्रकाशन गरिँदै जाने क्रममा आज राष्ट्रिय जनगणना २०७८ जनसाङ्ख्यिक सूचक नामक पुस्तिका र जनसंख्या साक्षरता पुस्तक सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यलयमा आइतबार एक कार्यक्रम गर्दै जनसन्ख्या साक्षरता पुस्तक तथा जनसन्ख्यिक सुचक सार्वजनिक गरिएको हो ।

जनसङ्ख्या साक्षरता पुस्तकमा नेपालमा जनगणना उपयोगिता, अभ्यास तथा गुणस्तरका चुनौतीहरू ,जनसङ्ख्याको आकार संरचना वितरण एवम् वृद्धि मापन तथा प्रक्षेपण विधि, शैक्षिक तथ्याङ्क र सूचकहरू प्रकाशनमा ४०० भन्दा बढि जनसाख्यिक सुचकहरु समावेश गरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ को जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरु सार्वजनिक राष्ट्रिय तथ्याङ्क कार्यलयका प्रमुख तथ्याङ्क अधिकारि अर्जुन प्रसाद पोखरेलले गरेका थिए ।