नाटकीय रुपमा प्रस्तुत भइरहेको पौराणिक एवम् धार्मिक कथा ‘भागवत कथा’का अवतार (पात्र)ले वास्तविक रुप लिदा एक बालकको घाँटी रेटिएको छ । कथामा देवी कालीको भुमिका निभाएका पात्रले वास्तवमै कालीको रुप लिँदा बालकको घाँटी रेटिएको हो ।
यो घटना भारतको कानपुरस्थित बम्भियापुर गाउँको हो । सोहि गाउँका स्थानिय सुभाश सैनीको परिवारले आफ्नो घरमा भागवत कथा सुनाउन एक शातादेखि महापुराण आयोजना गरेका थिए । कथामा विभिन्न व्यक्तिहरुले पौराणीक कथाका पात्रको भुमिका निभाएका थिए ।
गत बुधबार पनि भागवत कथाको नाट्य श्रृंखला जारी नै थियो । धार्मिक पात्रको भुमिका निभाउन नाटकमा बालबालिकाले पनि भाग लिएका थिए । सोहि क्रममा १४ वर्षीय बालकले माता ‘काली’को भुमिका निभाइरहेका थिए भने ११ वर्षीय बालकले ‘राक्षस’ को भुमिका निभाइरहेका थिए । कालीको भुमिका निभाइरहेका बालकको हातमा चक्कु बोकेका थिए । भागवत कथाअनुसार कालीले राक्षसको घाँटी छिनाउनुपर्ने थियो । कथाबमोजिम कालीको भुमिका निभाइरहेका बालकले राक्षसको भुमिका निभाइरहेका बालकको घाँटी छिनाल्न तरबार प्रहार गर्छन् । राक्षसको भुमिका निभाइरकेका बालक गम्भीर घाइते हुन्छन् । घाइते बालकलाई तत्काल सामुदायिक अस्पताल पुर्याइए पनि उनको बाटोमै मृत्यु भइसकेको टाइम्स अफ् इन्डियाले उल्लेख गरेको छ ।
गाउँलेकाअनुसार नाटकमा कालीको भुमिका निभाइरहेका बालकलाई त्रिशुल प्रयोग गर्न भनिएको थियो । त्रिशुल नभेटेपछि ति बालकले चक्कु प्रयोग गरेका थिए । घटनापश्चात महापुराण आयोजना गर्ने परिवारका सदस्यले नै प्रहरीलाई खबर गरेका थिए । घटनापश्चात १४ वर्षीय बालक र उक्त कार्यक्रम आयोजना गर्ने परिवारका सदस्यलाई सोधपुछका लागि हिरासतमा राखिएको बताइएको छ ।
मृतकका बुवा बब्लु कश्यपले आरोपित १४ वर्षीय बालक र महापुराण आयोजक परिवारविरुद्ध उजुरी दर्ता गरेका छन् । लापरबाहिको कारण उक्त घटना भएको प्रहरीको निश्कर्ष छ ।
टाइम्स अफ इन्डियाबाट