फ्लाईओभर निर्माण लापरबाहीले सर्वसाधारणलाई सास्ती (तस्बिरहरु)

दियोपोस्ट संवाददाता  

ललितपुर । इमाडोलका सुमन तामाङ दैनिक कार्यालय जान ग्वार्को हुँदै सातदोबाटोको बाटो प्रयोग गर्छन् ।

उनी सधै त्यहीँबाटो भएर आफ्नो दैनिक कार्यालय जानेआउने गर्छन् । काममा जाँदा आउँदा सधै उनलाई एउटा पीरले सताउँछ। ग्वार्को चोकमा निर्माणधीन फ्लाइओभरको अव्यवस्थित निमार्ण सामग्री र सवारीजामले उनलाई सधै पीरोल्ने गरेको उनि बताउँछन् ।

दैनिकी ग्वार्को चोकबाट सातदोबाटो तर्फ करिब सय मिटर सडकमा जोगिएर हिड्नु पर्ने हुन्छ । फ्लाइ ओभर निर्माण भइरहेको स्थलको भित्रबाट निस्किएको फलामको रडहरुले गर्दा निकै जोखिम मोलेर हिड्नु पर्ने बाध्यता रहेको उनि बताउँछन् ।

जाम खुल्दा सार्वजनिक सवारीहरु पेलिएर आउँदा निकै डराउदै हिड्नु पर्ने उनि बताउँछन । उनी जस्तै साना सवारि होस या ठुलो सवारि त्यसरि नै जोगिदै हिड्नु पर्ने बाध्यता छ । रड मात्र नभैइ फ्लाइ ओभर निर्माण स्थल ढाकिएका जस्ताबाट निस्किएका निर्माण सामग्रीले गर्दा जोगिएर हिड्नु पर्ने बाध्यता रहेको सवारी चालकहरुको गुनासो रहेको छ ।

निर्माण स्थलमा फलाम र जस्ताले ढाकिएको छ । निर्माण स्थल ढाकिएका ठुला डिभाइडर भित्रबाट रड निस्किएको छ । निर्माण कम्पनीले पहिलो प्राथमिकता सडकमा ओहोर दोहोर गर्ने सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउनु नै हो। तर, ग्वार्कोबाट सातदोबाटो जाने तर्फको करिब सय मीटर क्षेत्रमा डिभाइडरबाट ठुला–ठुला रड निस्किएका छन ।

सडकमै निस्किएको उक्त रडले ठुलै दुर्घटना निम्तयाउन सक्ने र जोगिएर हिड्नु पर्ने बाध्यता रहेको सवारि चालकहरुको गुनासो छ । कतै भने ढाकिएका पुराना जस्ता फुत्किएका र भित्रका निर्माण सामग्री बाहिर सडकमा निस्किएका दृश्य समेत देख्न पाइन्छ ।निर्माण क्रममा सडकबाट निकालिएका फलामेबारहरु पनि बेबारिसे अवस्थामा फालिएको छ । काठमाडौं चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण कार्य गरिरहेको छ ।

फ्लाइ ओभर निर्माणका लागि नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयक सडक विभाग गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ र ठेक्का सम्झौता अनुसार आशिष समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीले काम गरिरहेको छ । निर्माण कार्य भई राख्दा अहिले ग्वार्को क्षेत्रमा सवारी जाम उच्च छ र वैकल्पिक बाटो सानो र जामले निर्माण स्थल हुदै हिड्नु पर्ने बाध्यता छ ।