५औँ राष्ट्रिय महमेला २०८१ भोलि देखि भृकुटीमण्डपमा

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल मौरिपालक महासङ्घको आयोजनामा भोलि देखि पाचौ राष्ट्रिय महमेला हुने भएको छ ।

महासङ्घले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महमेला २०८१ को बारेमा जानकारी दिएको हो ।

मेलामा मेलिफेरा मौरी पालन,मह काड्ने तरिका प्रदर्शन, मौरीपालनका नवीनतम प्रविधिहरुको प्रदर्शन , भीर, खागो पुट्‌का र ठौरी मौरी लगायत स्थानीय र रैथाने मौरीहरुको मह प्रदर्शनी तथा बिक्री वितरणलगायत अन्य आकर्षणहरु रहने मौरिपालक महासङ्घका अध्यक्ष सुवास चन्द्र घिमिरेले जानकारी गराए । मेला भोलि देखि ३० गते सम्म चल्नेछ ।