यी हुन् बाल मन्दिर जग्गा विवादमा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू (नामसहित)

बाल मन्दिर जग्गा प्रकरण

दियोपोस्ट संवाददाता  

काठमाडौं । नक्सालस्थित नेपाल बाल सङ्गठनको जग्गा विवाद प्रकरणमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रिन्सिपल कीर्ति प्रसाद पाण्डेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको सीआईबी स्रोतले जनाएको छ । जग्गा प्रकरणमा पाण्डे सहित २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बाल मन्दिरका पूर्व पदाधिकारीले वृहस्पति विद्या सदनसँग सस्तो मूल्यमा जग्गा भाडा सम्झौता गरेर ठगी गरेको आरोप छ । वृहस्पति विद्या सदनले पूरक सम्झौता गरेर राई स्कुललाई पनि जग्गा दिएको छ ।

पाण्डे वृहस्पति विद्या सदनको सञ्चालक समिति सदस्य र सेयर होल्डर हुन् ।

यी हुन् पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू :

१. नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह ।

२. नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ

३. नेपाल बाल संगठनका तत्कालीन महासचिव श्री गणेश भक्त श्रेष्ठ ।

४. नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य ।

५. नेपाल बाल संगठनका तत्कालीन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह ।

६. नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले ।

७. नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल ।

८. नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ ।

९. नेपाल बाल संगठनका तत्कालीन महासचिव प्रचण्डराज प्रधान ।

१०. नेपाल बाल संगठनका तत्कालीन महासचिव रामकाजी कोने ।

११. नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष योगेन्द्र बहादुर शाही ।

१२. नेपाल बाल संगठनका तत्कालीन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ ।

१३. वृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी ।

१४. बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का सञ्चालक प्रविण राज जोशी ।

१५ बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का तत्कालीन सञ्चालक मुरारी निधि तिवारी ।

१६. बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी ।

१७. बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का सञ्चालक श्रद्धा संघाई ।

१८. बृहस्पति विद्यालय व्यवस्थापन प्रा।लि (बृहस्पति विद्यासदन) का सञ्चालक अभिनव सिंघानिया ।

१९. बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का सञ्चालक सिद्धार्थ केडिया ।

२०. बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का सञ्चालक कृति प्रसाद पाण्डे ।