अवैध बाटोबाट अमेरिका हिँडेका १० नेपाली केन्यामा बन्धक, ७ करोड असुल्ने गिरोह पक्राउ

९ महिनासम्म बन्धक

दियोपोस्ट संवाददाता  

काठमाडौं । अवैध बाटो हुँदै अमेरिका हिँडेका १० जना नेपालीलाई केन्यामा ९ महिनासम्म बन्धक बनाएर राखिएको पाइएको छ।

नेपाल प्रहरीका अनुसार बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुको उजुरीको आधारमा ३ जनालाई पक्राउ गरिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईका अनुसार गिरोहले उनीहरुबाट ५ करोड ५० लाख रुपैयाँ ठगेको आरोप लागेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली- १ का ङिमबुटी शेर्पा र जुगल गाउँपालिका-१ की १९ वर्षीया नीमा शेर्पा रहेका छन्।

पीडितबाट जनही ५ लाख ५० हजार रुपैयाँ उठाएर उनीहरुलाई केन्यासम्म पुर्‍याइ बन्धक बनाइएको पीडितले गुनासो गरेका हुन्। प्रहरीले समात्न लागेको जानकारी पाएपछि तस्करहरुले बन्धक बनाइएका नेपालीलाई फिर्ता गरेको पाइएको छ ।

सिफारिस