रुखको हागा काटेकोमा पाँच हजार जरिवाना (फोटोफिचर)

दियोपोस्ट संवाददाता  

ललितपुर । ललितपुर महानगरपालिकाले भैसिपाटिको एक मासु पसलले सडक छेउमा रोपेको रुखको हागा काटे बापत पाँच हजार जरिवाना तिराएको छ ।

महानगर प्रहरी गस्ति हिडिरहेको अवस्थामा रुखको हागा काटेर बाख्राहरुलाइ खुवाएको देखेपछि जरिवाना तिराएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

‘रुखको हागा काटेर जरिवाना तिराएको सायद नेपालमै पहिलो होला , उनले भने ‘ललितपुर महानगरले वातावरण संरक्षणमा काम गरिरहेकोमा यस्तो अभ्यासले भोलि अरु ठाउमा पनि काट्न नदिन सचेत मात्र गराएका हौ’ । महानगरले भर्खरै मात्र १५ सद्स्य वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गरिरहेको छ ।

सिफारिस