काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतक र सचेतकहरुसँगको छलफल बिनानिष्कर्ष टुंगिएको छ।
छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा छानबिन समिति नबन्दासम्म प्रतिनिधि सभाको नियमित कार्यसूचीमा प्रवेश गर्न नसक्ने अडान राखेको छ।
कांग्रेसले बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न दिन सहमति जनाएन।