उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए राजीनामा (पत्रसहित)

दियोपोस्ट संवाददाता  

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।

उनीहरु प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएर फर्केको स्रोतले बताएको छ ।

मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएसँगै केन्द्रमा यादवले राजीनामा दिएका हुन् । जसपा नेपालमा विभाजन आएपछि यादव सरकारबाट बाहिरिने चर्चा चलिरहेको थियो भने आइतबार बसेको कार्यकारिणी समितिको बैठकबाट सरकारबाट बाहिरिने औपचारिक निर्णय भएको थियो ।