ओखलढुङगा । नेपाली काँग्रेस जिल्ला कार्यसमिति ओखलढुङगाले प्रशिक्षण वर्ष–२०८० सम्पन्न गरेको छ ।
पार्टीको केन्द्रिय कार्यलयले जारी गरेको परिपत्र अनुसार जिल्ला कार्यसमितिले आठवटै तहमा प्रशिक्षण सम्पन्न गरेका हो । प्रशिक्षण बिभागका संयोजक तथा उपसभापति नवराज केसीका अनुसार प्रशिक्षण गर्न वाँकी जिल्लाका चम्पादेवी, सुनकोशी, मानेभञ्ज्याङ र मोलुङ गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको वताए । सभापति तेजेन्द्र खनालको प्रत्यक्ष निर्देशनमा भएको कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनिय उपस्थिति रहेको थियो ।

प्रशिक्षक डा.कृष्ण पौडेलले चम्पादेवी र सुनकोशी गाउँपालिकामा र अर्का प्रशिक्षिक पुरुषोतम दाहालले मानेभञ्ज्याङ र मोलुङ गाउँपालिकामा प्रशिक्षण दिएका थिए । सभापति तेजेन्द्र खनाल लगायत नवराज केसी, कमल तामाङ, कुमार लुईटेल, रुद्र अधिकारी, वाला अधिकारी, ज्ञानेन्द्र रुम्दाली, अजय लुईटेल, नविन राई, भोजकुमार श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
यही प्रशिक्षणको अवसरमा सभापति तेजेन्द्र खनालले नेता कुलबहादुर श्रेष्ठलाई जिल्ला कार्य सम्पादन समितिको सदस्यमा मनोनित गरेको पत्र प्रदान गरेको पार्टी प्रवतmा प्रदिप वानियाले वताए । उतm कार्यक्रममा पार्टीले स्थानीय जनता र जनप्रतिनिधिका बीचमा हुने गरेका गुनासा, काम कर्तब्य र अधिकारका विषयमा गम्भिर समिक्षा गरेको पार्टी सचिव अजय लुईटेलले वताए । उनले भने जनताका समस्या धेरे छन तर प्राथमिकताका आधारमा गुनासा सम्वोधन गर्न पार्टीले पहल गर्ने समेत वताए ।