‘भ्रष्टाचार’ गरेको भन्दै सम्पत्ति सुद्धिकरण विभागका महानिर्देशक पुष्पराज शाही कारबाहीमा !

दियोपोस्ट संवाददाता  

काठमाडौं । सम्पत्ति सुद्धिकरण सम्बन्धि कानुन उलंघन गरे अनुसन्धान तथा कारबाही गर्ने निकाय हो– सम्पत्ति सुद्धिकरण विभाग । तर, सोही विभागको कार्यकारी प्रमुखले सम्पत्ति सुद्धिकरण सम्बन्धि कानुन उलंघन गरे कसले कारबाही गर्ने ?

यसरी सम्पत्ति सुद्धिकरण विवरण नबुझाएकै अभियोगमा सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागकै हाकिम कारबाहीमा परेका छन् । राष्ट्रिय सतर्कता केन्द्रको सिफारिसको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीलाई कारबाही गरेको हो ।

अख्तियार स्रोतका अनुसार शाहीलाई अख्तियारले ५ हजार रुपैयाँ जरिवाना गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता कृष्ण प्रसाद पन्थका अनुसार सकतर्कता केन्द्र (कार्य संचालन) नियमावली, २०६५ को नियम ९ र १० को व्यवस्था अनुसार कारबाही सिफारिस गरेको हो ।

केन्द्रका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेश नगर्ने शाहीमाथि कारबाही भएको हो । यसरी कारबाहीमा परेका पदाधिकारी तथा कर्मचारीको संख्या ६ हजार ७ सय ६ जना रहेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।