काठमाडौं । प्रहरीले पोखराको सूर्यदर्शन सहकारी र बुटबलको सुप्रिम सहकारी ठगीका मुख्य आरोपी गितेन्द्रबाबु राई (जीबी)को पासपोर्ट (राहदानी) रद्दको प्रक्रिया अघि बढाएको छ ।
प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्दा पनि जीबीलाई पक्राउ गर्न नसकिएपछि राहदानी नै रद्द गर्ने गृहकार्य थालेको हो ।
प्रहरीका अनुसार जीबी मलेसियामा रहेको आशंका छ । यसकारण रेड नोटिस जारी भए पनि मलेसिया प्रहरीले सुपुर्दगी सन्धि वा पारस्पारिक कानुनी सहायता देखाउँदै नेपाल डिपोर्ट गर्न अस्वीकार गरेपछि उनको राहदानी नै रद्द गर्ने प्रक्रियामा प्रहरीले जनाएको छ ।