श्रीमानले कुरकुरे नल्याउँदा श्रीमतीले मागिन् डिभोर्स

दियोपोस्ट संवाददाता  

श्रीमानले कुरकुरे नल्याउँदा श्रीमतीले डिभोर्स (सम्बन्ध विच्छेद) मागेको अनौठो घटना सार्बजनिक भएको छ । छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित आग्रामा श्रीमानले कुरकुरे ल्याउन बिर्सेपछि श्रीमतीले डिभोर्स नै मागेको घटना सार्बजनिक भएको हो ।

आग्राकी एक महिलाको कुरकुरे खाने लतका कारण श्रीमानसँग डिभोर्स नै माग्नु परेको भारतिय मिडिया टाइम्स अफ इन्डियामा उल्लेख छ । श्रीमान घर फर्किदा ति महिलाले हरेक दिन ५ रुपैया भारु पर्ने कुरकुर मगाउने गर्थिन् । तर एकदिन श्रीमानले कुरकुरे ल्याउन बिर्सेको र सोहि विषयमा श्रीमती रिसाएकी थिइन् । कुरकुरेको विषयमा उक्त दम्पतीविच हरेक दिन झै झगडा हुने गरेको र पछिल्लो समय ति महिला माइतीमा बस्दै आएकी थिइन् ।

कुरकुरेको निहुँमा दिनहुँ झगडा बढेपछि ति महिला स्थानिय प्रहरीसमक्ष गएर श्रीमानसँग डिभोर्स माग गर्दै उजुरी दर्ता गरेको स्थानिय प्रहरीले टाइम्स अफ इन्डियासँग बताएको छ । हाल ति महिलालाई सम्झाइबुझाई गरेर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।