सगरमाथा टेलिभिजन संचालक विमल गुरुङ विरुद्ध पक्राउ पुर्जी, ‘फरार’ सुचीमा राखेर अभियोग दर्ता !

दियोपोस्ट संवाददाता  

काठमाडौं । सगरमाथा टेलिभिजनका संचालक विमल गुरुङ र उनकी आमा धनलक्ष्मी गुरुङ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आपराधिक उपद्रव अभियोगमा उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङका छोरा विमल र उनकी पत्नि धनलक्ष्मी गुरुङ विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो ।

सगरमाथा डट टिभिका संचालक समेत रहेका विमलको स्वामित्वमा रहेको गल्फ रियल स्टेट प्रा.ली संचालनमा छ । उनले गत मंसिर २७ गते क्षतिपूर्ति दिनुको सट्टा चन्दा जिसी नाम गरेका एक पीडितको स्वामित्व रहेको सटरहरु तोडफोड गरेको आरोप छ । महानगरीय प्रहरी परिसर काठमाडौंले विमल र धनलक्ष्मीलाई पक्राउ नै नगरी फरारको सुचीमा राखेर अभियोग पत्र सरकारी वकिलमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले फरार नै सुचीमा राखि जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको छ ।

पीडितका अनुसार २०८० मंसिर २७ गते विमल र उनकी आमा धनलक्ष्मीको निर्देशनमा तिलक तामाङ, रामशरण खड्का लगायत ६०÷७० जना मानिसहरुको समुहले विभिन्न व्यक्तिको सटर तोडफोड गरेको थियो । प्रहरीका तत्कालिन डिएसपी हाल एसपी अंगुर जिसीको टोली घटनास्थलमै पुगी चारकिल्ला सहितको घटनास्थल मुचुल्का तयार पारेको थियो । प्रहरीले त्यतिबेला निर्मल गुरुङलाई पक्राउ गरि मिलापत्र गरेर छाडेको थियो । तर, त्यतिबेला प्रहरी कार्यालयमा भएको मिलापत्र कार्यान्वयन नभएपछि पीडित पक्ष फेरी मुद्दामा गएका थिए ।

पीडित पक्षलाई गुरुङ परिवारले ८ लाख रुपैयाँ त्यतिबेला नै क्षतिपूर्ति दिएको समेत पाइएको छ । तर, बाँकी पाउनुपर्ने रकमबारे प्रहरी कार्यालयमै मिलापत्र भएपनि नपाएपछि प्रहरीले मुद्दा चलाएको हो । प्रहरीले प्रतिवादीहरु विमल गुरुङ र धनलक्ष्मी गुरुङ विरुद्ध मुलुकी फौजदारी र्काविधि संहिता, २०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जि जारी गरिपाउन अनुरोध गरेको थियो । प्रहरीको माग अनुसार अदालतले पक्राउ पुर्जी दिएपनि विमल र उनकी आमा प्रहरीको फरार सुचीमा थिइन् ।

सिफारिस