
काठमाडौं । नेपाल तरुण दल केन्द्रिय कार्य समितिले आज बुधबार सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगको विरुद्धमा बृहद तरुण र्याली निकालेको छ ।
उनीहरु माइतीघर मण्डलबाट सुरु भएको र्याली नयाँबानेश्वर पुगी कोर्ण सभामा रूपान्तरण भएको थियो ।
सहकारीको रकम ठगी गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन संसदीय छानबिन समिति गठन गरियोस्, सहकारी पिडितको रकम फिर्ता गरियोस् जस्ता मागहरु राखेका छन् ।








