चीन सरकारको सहयोगमा निर्मित विद्यालय हस्तान्तरण

दियोपोस्ट संवाददाता  

काठमाडौं । चीन सरकारको सहयोगमा दोलखा जिल्लामा निर्माण गरिएका दुईवटा विद्यालय भवन स्थानिय तहलाई हस्तान्तरण गरिएको छ । नवनिर्मित ति विद्यालय भवन स्थानिय निकायलाई बिहिबार हस्तान्तरण गरिएको हो ।

नयाँ भवनमा सुसज्जित कक्षाकोठा, ल्याब्रेटोरी, कम्प्युटर ल्याब, लाइब्रेरी, डोर्मिटोरी, हल र शिक्षक कक्षहरु रहेको शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका अध्यक्ष शंकरबाकु श्रेष्ठले बताए । ‘यी भवनहरु दुई देशविचको मित्रवत् सम्बन्धको प्रतिक हुन्’ विद्यालय भवन हस्तान्तरण कार्यक्रमको अवसरमा श्रेष्ठले भने, ‘चीनले बनाएका नवनिर्मित विद्यालय भवनहरु हामीलाई सुम्पिसकेको छ । बालबालिकालाई सुविधासहित गुणस्तरिय शिक्षा प्रदान गर्न यी भवनको व्यवस्थापन, संरक्षण र प्रयोग गर्ने जिम्मेवारी अब हाम्रो हो । ’

विस २०७२ को भुकम्पले दोलखाको जिलु र सिंगटीका विद्यालयमा क्षती पुगेको थियो । चीन सरकारको सहकार्यमा सिनोहाइड्रो ब्युरोले उक्त क्षेत्रका दुईवटा विद्यालय पुर्नर्निमाणको जिम्मा लिएको थियो । ‘शिक्षा र दक्ष जनशक्ति क्षेत्रमा गरिने द्धिपक्षिय सहकार्यलाई चीनले महत्वपुर्ण रुपमा लिएको छ’ नेपालस्थित चिनिया दुतावासकी सि युले भनेकी छन्, ‘दोलखाका विद्यालय पनि बालबालिकाको जिवनमा परिवर्तन ल्याउने विश्वास राखेकी छु ।’

चीनले पछिल्लो समय नेपालका अन्य स्थानमा पनि विद्यालय भवन गरेको छ । विद्यालय भवन हस्तान्तरण समारोहमा सिनोहाइड्रो ब्युरोले विद्यालयलाई पुस्तक, बुकसेल्भ र झोला पनि वितरण गरेको छ । जिलुको विद्यालयमा ८७४ विद्यार्थी छन् भने सिंगटीमा ५७० विद्यार्थी अध्ययनरत छन् ।

सिन्ह्वा न्युजबाट